एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पाेखरा | पुस २५, २०८०

एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पोखरा:   नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।


एन प्याव्सन कास्कीको मंगलबार बसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।


उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक  मनकाजी गुरुङले जानकारी दिए ।


त्यसैगरी स्थापना दिवसकै अवसरमा २०७९ एसइइ र एसएलसीमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्र र छात्रलाई पुरस्कृत गरीने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।


सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एन प्याव्सन कास्कीले यस वर्ष पोखरा –१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष खडा गर्ने भएको छ ।  त्यस अवसमार एन प्याव्सनका पूर्व अध्यक्षहरुलाईल सम्मान गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।


 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्